News

गएराती कोरोनाका कारण ज्यान गुमाएका दास १३ दिनअघि भारतबाट आएको रहस्य खुल्यो

राजविराज( कोरोनाका कारण बिहीबार राति मृत्यु भएका ७३ वर्षीय रामकृष्ण दास १३ दिनअघि भारतबाट आएको खुल्न आएको छ । कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक दासको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको थियो । भारतको दिल्लीबाट दरभंगा हुँदै कान्छा छोरा र श्रीमतीसहित दास १३ दिनअघि दास घर आएका थिए ।

लकडाउनअघि श्रीमतीको कलेजोसम्बन्धी उपचारका लागि दिल्ली गएका उनी उपचारपछि नेपाल आाउदा कोरोना लागेको पुष्टि भएको थियो ।कोरोनाकै कारण उनको उपचारका क्रममा ज्यान गएको हो ।दासको मृत्युपछि उनको श्रीमती, छोरा, बुहारी, नाती, नातिनी र घर-पसलमा कार्यरत कर्मचारीको स्वाब संकलन गर्न लागिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

Related Articles

Back to top button
Close