News

कोरोना भाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं, २ साउन । कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु कोरोना संक्रमणको कारण भएको हो ।

बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा राखेर उपचार गर्नेक्रममा बिहीबार नै मृत्यु भएको हो ।

मृतक सप्तरी राजविराज नगरपालिका–१ रहेका ७३ वर्पीय वृद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृतक वृद्ध उच्च रक्तचापसँगै र मुटु रोगको उपचारका लागि भर्ना भएका थिए । तर उनको कोरोनाको आशंकामा स्वाब पनि संकलन गरिएको थियो । प्रदेश १ मा यसअघि कोरोना भाइरसका कारण कसैको ज्यान गएको थिएन ।

योसँगै नेपालमा भने कोरोनाका भाइरस संक्रमणबाट ज्यान जानेको संख्या ४० पुगेको छ ।

Related Articles

Back to top button
Close