Video

नाम र दाम त कमाए तर दलीत हुँदा कतै न कतै जातीय विवेद हुने रहेछ : प्रकाश सपुत

काठमाडौ । गायक प्रकाश सपुतको नयाँ गित ‘नमस्कार’ ले अहिले सामाजिक संजालदेखि मिडियामा राम्रो प्रतिक्रिया बटुलिरहेको छ । लकडाउनकै बेला सिर्जना गरिएको उक्त गित र भिडियो प्रकाश सपुतका अघिल्ला गितहरु भन्दा केही फरक स्वादको रहेको छ ।

समाजमा धेरै नकारात्मक सोचहरु बढ्दै गएको देखेर प्रकाश सपुतले यस गितलाई सकारात्मक सोच बनाउन सिर्जना गरेका हुन् । जातपात भन्दा माया प्रेमले संसार जितिन्छ भन्ने तर्क प्रस्तुत गरेको उक्त गितको भिडियोमा कविता नेपालीलाई देख्न सकिन्छ । मानिस मानिस बीच कुनै छैन बार भन्ने भावना प्रस्तुत गर्दै प्रकाश सपुतले लकडाउनको बेला सकारात्मक भावना जगाउन उक्त गितको भिडियो सार्वजनिक गरेका छन् ।

क्यानाडा नेपालसंगको कुराकानीको क्रममा प्रकाश सपुतले हाम्रो समाजमा रहेको जातीय विवेदको बारले हाम्रो देशलाई संसारसंग टक्कर दिन सधैंपछि पार्ने तर्क समेत व्यक्त गरेका छन् । प्रकाशले भने, “जातीय विवेद मैले धेरै त भोगेको छैन अहिले तर दलीत भएका कारण कतै न कतै यस विवेद भित्र म पिल्सेको हुन्छु । मैले नभोगे पनि रुकुम घटना जस्तो समाचार सुन्दा आफू नै त्यस पिडामा परेको जस्तो हुन्छ र मन रुन्छ । यो जातीय विवेद अब हामीले हटाउन पर्छ नत्र विश्वसंग लड्न हामी सक्दैनौ ।”

प्रकाश सपुत अहिले चलचित्रको नायक समेत बनेका छन् । परदेशी २ मा नायकको भूमिकामा देखिन लागेका प्रकाश सपुत अत्यन्तै खुशी मुद्रामा छन् । “मलाई नायक बन्ने रहर थियो र मैले राम्रो चलचित्रमा अभिनय गर्न पाएकोमा खुशी छु । चाडै नै दर्शक सामु यस चलचित्र ल्याउने सोच छ तर लकडाउनले गर्दा चलचित्रको काम अड्किएको छ । यस पश्चात मलाई किताब लेख्ने समेत रहर छ जुन भविष्यमा पूरा हुन सक्ला ।”

Related Articles

Back to top button
Close