News

हलिउडकि चर्चित अभिनेत्री केली प्रिस्टनको निधन

एजेन्सी : हलिउडकि चर्चित अभिनेत्री केली प्रिस्टनको नि’धन भएको छ । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती प्रिस्टनको ५७ वर्षको उमेरमा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

दुइ बर्षदेखि ब्रेस्ट क्यान्सरसँग लडिरहेकी प्रिस्टनको निधन भएको जोनले स्वयं नै सोसल मिडियामार्फत जानकारी दिएका छन् । श्रीमतीको निधनमा दुखि हुँदै जोनले भावुक पोस्ट गरेका छन् ।

उनले पोस्टमा लेखेका छन्, ‘मेरी सुन्दरी वाइफ केली जो दुई वर्ष यता ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिइन् । र अन्तिममा उनी यो लडाईमा हारिन् । धेरै फ्यानहरुको मायाँले उनले लडाई बहादुरीका साथ लडिन् ।’
उनले लेखेका छन् कि, केलीको याद जीवनमा कहिल्यै बिर्सने छैन । म अब आफ्ना बच्चालाई केहि समय दिन चाहान्छु, जसले आफ्नो आमाबाट टाढिनु परेको छ ।

Related Articles

Back to top button
Close