News

सुशान्त सिंह राजपुतको निधनको एक महिनापछि पहिलोपटक सुशान्तको नाममा बत्ति बाल्दै लेखिन भावुक शब्द

काठमाण्डौ – सुशान्त सिंशह राजपुतको निधन भएको आज ठिक एक महिना पुगेको छ । १४ जुनमा सुशान्तले मुम्बई स्थित आफ्नै निवासमा देहत्याग गरेक थिए । उनको निधन भएपछि उनको सम्झना क्रम जारी छ । सुशान्तको निधनबाट पुरै चलचित्र उद्योग र साथीहरु स्तब्ध भए । जो उनीसँग नजिक थिए उनीहरु धेरै निराशा भए ।

सुशान्त केटीसाथी अंकिता लोखंडेसँग लामो प्रेम सम्बन्धमा थिए । एक महिनादेखि सामाजिक सञ्जालबाट टाढा भएकी अंकिता इन्स्टाग्राममा फर्किएकी छिन् । अंकिताले सुशान्तको निधन पश्चात पहिलोपटक पोस्ट गरेकी छिन् । बलेको दियोको तस्वीर राखेर ‘चाइल्ड अफ गाड’ लेखेकी छिन् । सुशान्त र अंकिता टिवी शो पवित्र रिस्तामा काम गर्दा नजिकिएका यो जोडीको ६ वर्षकोे लामो प्रेम सम्बन्धपछि २०१६ मा ब्रेकअप भएको थियो
सुशान्त सिंह राजपूतको घटनाले उनका प्रशंसकलाई ठूलो झ’ट्का दिएको छ । उनले देहत्याग किन गरे, यसबारे पत्ता लगाउन प्रहरी जुटेको छ तर सोसल मिडियामा विभिन्न अनुमान गरिएको छ । बलिउडमा परिवारवाद र समूहवादलाई पनि सुशान्तको निधनको जिम्मेवार मानिएको छ । यस्तै, करन जोहर, आलिया भट्ट, अनन्या पाण्डेयजस्ता सेलिब्रिटीले पनि यो विषयमा घृणाको सामना गर्नु परिरहेको छ । यो सूचीमा अंकिता लोखंडेका प्रेमी विकी जैनको नाम पनि जोडिएको छ ।

Related Articles

Back to top button
Close