News

न्यूज २४ टेलिभिजनको घरदैलो अभियान : प्रदेश १ को भव्य सफलतापछि अब प्रदेश २ मा

काठमाडौं, २ साउन । प्रदेश एकको भव्य सफलतापछि न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासंगको अबको यात्रा प्रदेश २ बाट सुरु हुँदैछ ।

कोरोना भाइरस संक्रमण र बाढी पहिरोेको त्रासबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधाकुरा जनतासंगले प्रदेश १ का तीन जिल्लामा आफ्नो प्रस्तुति सम्पन्न गरेको छ ।

प्रदेश १ को झापामा आइतबार, इलाममा मंगलबार र सुनसरीको इटहरीमा बिहीबार कार्यक्रम टुंग्याएको सीधा कुराले साउन ४ गते आइतबारदेखि प्रदेश २ बाट आफ्नो यात्राको दोस्रो चरण सुरु गर्दैछ ।

प्रदेश एकका ३ जिल्लामा स्थानीयवासीको मन जित्न सफल भएको कार्यक्रममा स्थानीय समस्याका साथै स्थानीय स्तरमा भरहेको विकासका मुद्दाहरुलाई पनि महत्वका साथ उठाइएको थियो ।

कार्यक्रमको प्रकृति अनुसार जनताका गुनासो सुन्ने र सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धताप्रति आकर्षित बनेर ठूलो संख्यामा स्थानीयवासी कार्यक्रममा गुनासो सुनाउन पुगेका थिए ।

कोरोना भाइरस कोभिड १९ को महामारीको कारण आम जनता आफ्नो गुनासो गुम्साएर आआफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

गत असार २८ गतेदेखि प्रदेश १ बाट सुरु भएको यो घरदैलो अभियान सातै प्रदेशमा पुग्ने छ ।

Related Articles

Back to top button
Close