News

काठमाडौंमा पनि घट्यो कोरोना संक्रमणको दर, ललितपुरमा भेटिएनन् संक्रमित

काठमाडौँ, साउन २ । काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको लाइभ मार्फत जानकारी गराएका हुन् ।

डा गौतमका अनुसार शुक्रबार काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण पुष्टी भएको तर ललितपुरमा भने नदेखिएको जानकारी दिए । त्यस्तै नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय १ संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १७ हजार ४ सय ४५ जना कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै नेपालमा थप २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् । योसँगै हालसम्म नेपालमा ११ हजार ५ सय ३७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close