News

कोरोना महामारीका कारण बन्द दोलखाको भीमेश्वर मन्दिर भोलिदेखि खुला गरिने

दोलखा, २ साउन । कोरोना महामारीका कारण बन्द गरिएको एकशिला तीन अवतारको रुपमा पुजिने नेपालकै प्रशिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणको लागि साउन ३ गते (शनिबार)देखि खुला गरिने भएको छ ।

शुक्रबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय छलफलपछि सर्वसाधारणका लागि शनिबार (भोलि)बाट मन्दिर खुला गरिने निर्णय गरिएको हो ।

सुरक्षाको सबै उपाय र सामाजिक दूरी कायम गरी मुख्य च्यानल गेट खुला गरिने तर, मन्दिर मुलद्वारबाट भीमेश्वर शिलाको दर्शन मात्र गर्ने गरी मन्दिर खुला गरिने भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठले बताए ।

दोलखा बजारमा मनाइने गुल्ना पर्वका लागि मन्दिर नघुमी नहुने तथा जात्रा पर्व निन्तरताको लागि मन्दिर खुला गर्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Related Articles

Back to top button
Close