News

कतारबाट आएर खरिपाटी क्वारेन्टाइन बसेका एक पुरुषमा देखियो कोरोना

भक्तपुर — कतारबाट आएर खरिपाटी क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना देखा परेको छ । कतारबाट आएर खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा बसेका रामधुनी नगरपालिका–५ का ४७ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको हो ।

क्वारेन्टाइनमा बसेका १४८ मध्ये ति पुरुषमा मात्र कोरोना देखिएको बताइएको छ ।अहिले ती पुरुषलाई शुक्रबार साँझ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको बताइएको छ । जेठ २६ गते कतारबाट फर्किएका १४९ जनालाई त्रिभुवन विमानस्थलबाट सिधै खरिपाटी पुर्‍याइएको थियो ।

Related Articles

Back to top button
Close