News

४ वर्षकी बहिनीलाइ बचाउन ६ वर्षे बालक कुकुरविरुद्ध जाइलागे, भिडन्तपछि बहिनीलाई त बचाए तर उनको अनुहारमा लगाइयो ९० वटा टाँका

काठमाडौं, साउन २ । आफ्नी बहिनीलाई बचाउनका लागि एक ६ वर्षका बालकले कुकुरसँग भिड्दै ज्यानको बाजी लगाएका छन् । घटना हो अमेरिकाको व्योमिङ राज्यको ।

जहाँका ६ वर्षका बालक ब्रिजर वाकरले आफ्नी बहिनीलाई आक्रमण गर्न खोज्ने कुकुरविरुद्ध जाइलाग्दा झण्डै ज्यान नै गएको थियो । सिएनएनका अनुसार ९ जुलाईमा उनले चार वर्षिया बहिनीलाई जर्मन सेफर्डको साँघातिक हमलाबाट बचाउन त सफल तर उनको अनुहारमा भने ९० टाँका लगाइएको छ ।

उक्त घटना पछि नै ती बालक सोसल मिडियामा छाएका छन् । कुकुरले बहिनीलाई आक्रमण गर्न खोजे लगत्तै कुकुरविरुद्ध जाइलागेका यि बालकले त्यो दिन मर्नै परे आफैं नै मर्ने उद्देश्यले आफु कुकर र बहिनीबिच हाम फालेको बताए ।

उनको परिवारले सबैले ब्रिजरले जस्तै विश्वलाई नै एउटा सानो बच्चा सम्झेर माया र संरक्षण गर्न प्रेरणा लिनुपर्ने विचार प्रकट गरेको छ । यो घटनापछि सामाजिक संजालमा भाइरल बनेका यि बालिकलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ ।

उनको अनुहारमा कुकुरको अक्रमणबाट गम्भिर चोट लागेको छ । उनको शल्यक्रियाका लागि मात्रै २ घण्टा बढी समय लागेको सिएनएनले जनाएको छ ।

Related Articles

Back to top button
Close