News

अमेरिकी अभिनेत्री रिभेराको निधन

अमेरिकी अभिनेत्री नाया रिभेरा बेपत्ता भएको खबर गत बुधबार डढेलोझैं फैलियो । ‘फक्स’ च्यानलको म्युजिकल–कमेडी शृंखला ‘ग्ली’ की ३३ वर्षीय अभिनेत्री रिभेरा आफ्नो चार वर्षे छोरासहित एकाएक हराएकी थिइन् ।

त्यसै रात लस एञ्जल्सबाट उत्तर–पश्चिम पर्ने पिरू तालको उत्तरी कुनामा एउटा डुंगा बेवारिसे अवस्थामा तैरिरहेको छ भन्ने खबर आयो । खबर पाएको झण्डै तीन घण्टामा अनुसन्धान टोली घटनास्थल पुग्यो ।

प्रहरी टोली पुग्दा बेवारिसे भनिएको डुंगा ढलपल तैरिरहेको थियो । डुंगामा रिभेराका छोरा झण्डै–झण्डै बेहोसी हालतमा थिए । उनको शरीरमा लाइफ ज्याकेट पनि थियो । प्रहरीले तत्काल उनलाई उद्धार गरेर अस्पताल लग्यो । पौडीबाजहरू तालमा हाम्फालेर रिभेराको खोजी गर्न थाले । डुंगा फेला परेकै ठाउँ वरिपरि निकै बेर खोज्दा पनि कुनै संकेत फेला परेन ।

तालमुनि बाक्लो झाडी झांगिएको थियो । यसले खोजीमा समस्या ल्याएको अनुसन्धान अधिकृत शेरिफ बिल अयुबले पत्रकार सम्मेलनमा जानकारी दिए । पौडीबाजहरूले तालको विभिन्न कुनामा पाँच दिन धुइँपत्ताल खोजेपछि सोमबार रिभेराको शव फेला परेको अयुबले बताए । उनले लाइफ ज्याकेट लगाएकी थिइनन् । आत्महत्या वा अरू कसैको हात रहेको संकेत देखिएको छैन, उनले भने ।

Related Articles

Back to top button
Close