News

नेपालीको शीर मुण्डन गरेर दुर्व्यवहार गर्ने सन्तोष पाण्डे पक्राउ

काठमाडौं- नेपालीको शीर मुण्डन गरेर दुर्व्यवहार गर्ने एक जना भारतमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्तोष पाण्डे नामका एक युवा रहेको बताइएको छ । प्रधानमन्त्री केपी ओलीले राम नेपालकै भएको बताएपछि वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेका थिए ।

जुन युवकको शीर मुण्डन गरेको तस्विर भाइरल बनेको थियो । वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपालीको शीर मुण्डन गरेर दुर्व्यवहार गर्दै शीरमा ‘जय श्रीराम’ लेख्दै जवरजस्ती भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएका थिए । जुन विषयले अहिले चौतर्फी चर्चा पाएको छ ।

Related Articles

Back to top button
Close