News

राती हल्ला गरेर हिडेको भन्दै स्थानीयले निर्घात रुपमा कुटेपछि ज्यान गयो २४ वर्षीय छिरिङको

काठमाडौं, साउन ३-हल्ला गरेको भन्दै स्थानीयले निर्घात कुटपिट गरेपछि काठमाडौंको गोलढुंगामा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवा घर भई ककुरधारामा डेरा गरी बस्ने २४ वर्षीय छिरिङ तामाङ रहेका छन् ।

कुटाइबाट गम्भीर घाइते भएका युवाको टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ‘कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ ।

राति करिब १२ बजे साथी दोर्जे तामाङसँग डेरामा फर्किंदै गर्दा उनीमाथि कुटपिट भएको हो।मदिरा सेवन गरेका तामाङद्वय राति बाटोमा हिंड्दै गर्दा स्थानीय कृष्णबहादुर श्रेष्ठको कुकुर भुकेको थियो। भुक्दै गरेको कुकुरलाई उनीहरुले होहल्ला गर्दै ढुंगा प्रहार गर्न थालेपछि विवाद सुरु भएपछि कुटपिट गरेका थिए ।

Related Articles

Back to top button
Close