News

खुशीको खबर, कोरोना विरुद्धको खोप मानिसमा परीक्षण सुरु, खोप लगाएका मानिसहरुमा देखियो सकारात्मक नतिजा

काठमाडौं, साउन २ । कोरोना संक्रमणको त्रासबाट विश्व नै त्रसित बनिरहेका बेला भारतले भने कमाल नै गरेको छ । कोरोनाबाट भारतीयहरु नै विश्वमा नै प्रभावितको सूचिको तेस्रो स्थानमा रहँदा भारतले कोरोनाविरुद्धको खोपको मानिसमा परीक्षण शुरु गरेको जनाएको छ ।

भारत बायोटेक कम्पनीले निर्माण गरेको खोप मुसा र खरायोमा परीक्षण गर्दा सफल नतिजा आए लगत्तै मानिसमा पनि परिक्षण सुरु गरिएको भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले जानकारी दिए । उनले यस विषयको रहस्य खोल्दै भने शुक्रबार भारतको पीजीआई रोहतकमा उक्त खोपको मानिसमा परीक्षण शुरु गरिएको छ ।

स्वास्थ्यमन्त्री अनिल विजका अनुसार यो परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको र यसले सकारात्मक नतिजा दिनेमा चिकित्सक र बैज्ञानिकहरु विश्वस्त रहेको जिकिर गरे ।

Related Articles

Back to top button
Close