News

सिरहामा नेकपा नेतामाथि बम प्रहार, बम प्रहारपछि बेहोस भएका घाइते नेता अस्पताल भर्ना

सिरहा-सिरहामा नेकपाका स्थानीय नेता तथा पूर्व गाबिस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ । गएराती औरही गाउँपालिका–५ का यादबमाथि सुतिरहेको ठाउँमै बम प्रहार भएको बताइएको छ ।बम प्रहारपछि बेहोस भएका उनलाई उपचारको लागि राति नै लाहान लगिएको बताइएको छ ।

उनको शरीरका धेरै ठाउँमा चोट लागेको बताइएको छ । यादबमाथि बम प्रहार गर्ने समसहको पहिचन भइनसकेको बताइएको छ ।प्रहरीको टोली गएराति नै घटनास्थल पुगेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

Related Articles

Back to top button
Close