News

गएराती देखी परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरूद्ध, ट्रक समेत पुरियो

पाल्पा- पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण शुक्रबार साँझ साढे बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।प्रहरीले जनाए अनुसार पहिरोले ट्रक समेत पुरिएको छ । यद्यपी मानविय क्षती भने नभएको बताइएको छ ।

हिजो रातिको समयले गर्दा पहिरो हटाउन गाह्रो भएकाले आज विहानैदेखि पहिरो हटाउने काम सूरु गरिए पनि साना गिट्टी सहित माटोको लेदोको पहिरो भने खसिरहेको बताइएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले डोजर लगाई सडक सुचार गर्न केही समय लाग्ने बताइएको छ ।

Related Articles

Back to top button
Close