News

दुबईमा बन्द गरिएको धुम्रपान क्षेत्र र हुक्का तान्ने रेष्टुरेन्टहरु पुनः खुल्ने

एजेन्सी, ३ साउन । संयुक्त अरब इमिरेट् युएईको दुबई नगरपालिकाले एक बयान जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्नको लागि बन्द गरिएको धूम्रपान गर्ने क्षेत्र खुल्ने र रेष्टुरेन्टहरूमा हुक्का तान्न पुनः सुरु हुने जनाएको छ ।विज्ञप्तिमा भनिएको छ धुम्रपान र सिसा क्षेत्र जुलाई १८ देखि सुरु हुँदैछ र अर्को सूचना नभएसम्म जारी रहनेछ । मार्च १२ देखि युएईले सिसा क्याफे र धुमपान गर्ने क्षेत्रमा प्रतिबन्ध लगाएको थियो।

युएईमा कोरोनाका कूल संख्या ५२ हजार भन्दा बढी छ। युएइ पनि प्रति दस लाख मानिसमा कोरोना परीक्षण गर्ने देशमा पहिलो स्थानमा छ।

Related Articles

Back to top button
Close