News

ऐश्वर्या राय र छोरी आरध्या पनि अस्पताल भर्ना, थप उपचार सुरु

एजेन्सी । ५ दिन अघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा नै रहेकी बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय वच्चन अस्पताल भर्ना भएकी छिन् ।

कोरोना भाइरसको संक्रमणपछि घरमै आइशोलेशनमा रहेकी पूर्व विश्व सुन्दरी राय छोरी आराध्यासहित मुम्बईको नानाभाती अस्पतालमा भर्ना भएको आजतकले जनाएको छ ।
समाचारमा जनाइए अनुसार उनीहरु दुवै जनालाई आइसोलेसनमा राखेर थप उपचार सुरु गरिएको छ ।

यसअघि उनका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन पनि कोरोना संक्रमणपछि सोही अस्पताल भर्ना भएर स्वास्थ्य लाभ गरिरहेका छन् । भारतमा पछिल्ला दिनमा दैनिक ३० हजारको हाराहारीमा संक्रमितहरु फेला परिरहेसँगै महामारी बढीरहेको छ भने मृत्यु हुनेको दर पनि बढ्दो छ ।

Related Articles

Back to top button
Close