News

एक शताब्दिमा नै विरलै जन्मिने असल कलाकार हुन् राजेश हमाल, सबैले सम्मान गरौँ

प्रिन्स युवराज कार्की

अभिनेत्री दीपाश्री निरौलले राजेश हमाल माथी महानायकका विषयमा प्रश्न उठाएपछि दीपालाई दर्शकले नै मज्जाले सजाय दिइरहेका छन् । दर्शक दीपक दीपा गुट विरुद्ध उत्रिरहेका बेला नायिका पूजना प्रधानले दीपाश्रीको नाम नै किटेर २ – ४ वटा फिल्म चल्दैमा राजेश हमाल विरुद्ध प्रश्न गर्ने भनेर बोलेपछि अधिकांश कलाकारहरु पनि राजेशकै पक्षमा उभिएका छन् ।

सरसर्ती हेर्ने हो भने दीपक दीपा गुटमा उनीहरुले काम दिएका केही कलाकारहरु बाहेक सबै राजेशको पक्षमा नै छन् । यानेकी राजेश हमालको काम, कर्म, शालिनता र महानताको पक्षमा छन् । जुन कुरामा म पनि सहमत छु ।

किनकी राजेश ब्यक्ति एउटा भएता पनि उनी चलचित्र उद्योग नै हुन् भन्दा फरक नर्पला । राजेशका सर्मथकको घेरामा परेर दीपाश्री घरबाट बाहिर निस्किन नसक्ने अवस्थामा रहेका बेला राजेशले भने दीपाको अभिब्यक्तिको कुनै खरो प्रतिकार गरेका छैनन् । जुन राजेशको अर्को महानता हो ।

पढेलेखेको, शिक्षित, धैर्य धारण गर्न सक्ने महा मानव , राजेश यस्तो समयमा चलचित्र क्षेत्रमा लागेका थिएकी जतिबेला यो क्षेत्रमा भविष्य नै छैन भनिन्थ्यो । अहोरात खटेर २५ वर्षसम्म संघर्ष गरेका राजेशकै भरमा एक समय चलचित्र उद्योग धानियो । जतिबेला दीपाले राजेश अंकल भन्दै गाउँमा उनकै फिल्म हेर्थिन् होला ।

सुपरस्टार बनिसकेको समयमा पनि चुजी नभई निर्माता निर्देशको आग्रहलाई स्विकारेर राजेशले देखाएको इमान्दारीताकै कारण उनले ३०५ वटा फिल्ममा खेल्ने सुनौलो अवसर पाए । जसमध्ये १३३ वटा फिल्म ले सफल ५१ दिन मनाए भने २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै कलाकारले तोड्न सकेको छैन ।

उनका समकालिनहरु एकपछि अर्को गर्दै पलायन भइरहेका बेला पनि राजेशले चलचित्र क्षेत्रलाई एक्लै काँधमा बोकेर हिँडे । उनी चलचित्रको विश्वबिद्याय हुन् भन्दा फरक पर्दैन । उनले नेपाली चलचित्र उद्योगलाई दिएको योगदानमाथि दीपाले मात्रै होइन कसैले पनि प्रश्न उठाउने अधिकार नै छैन ।

किनी मुलुकमा द्धन्द्ध चर्किरहेको समयमा राजेशले एकपछि अर्को गर्दै चलचित्रलाई समय दिए । जबकी नेपालमा त्यतीबेला भारतीय चलचित्रहरुको बोलबाला नै थियो । त्यसलाई चिर्नका लागि राजेशजस्ता कलकारहरुको कामले सुनमा सुगन्ध नै थपेका कारण राजेशलाई महानायक भन्न आज ३ करोड जनता तयार छ ।

जुन कुरालाई दीपक दीपाको गुटले पनि स्विकार्यो । जुन सत्य हो र उनीहरुले स्विकारे । महानायक काण्डका कारण राजेशले फेरी अर्को युद्ध जिते र आफ्ना फ्यानको माया पाए । जसका कारण उनी फेरी अभिनयमा फर्किनेछन् भन्ने आशा हामी गर्न सक्छौँ ।

यसकारण राजेश हमाल महानायक

चलचित्र उद्योगको एउटा जिउँदो इतिहाँस हुन् राजेश हमाल । पढेलेखेको । त्यो पनि तत्कालिन समयमा विशेष स्कोप भएको अँग्रेजी विषयमा स्नातोकोत्तर गरेका राजेश यो क्षेत्रमा आउनु नै चलचित्र उद्योगका लागि एउटा सौभाग्य बन्यो ।

१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कारले सम्मानित, दुई पटक तत्कालिन राजाहरुबाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपालको राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, सयौँ फिल्म मेकर तथा प्राबिधिकहरु जन्माउन सफल, २५ औ बर्ष देखी एक नाशको दर्शकको माया र सदभाब, बिदेशी ब्रान्डले पत्याएको एक मात्र अभिनेता भएका कारण पनि राजेशलाई नेपालीले हृदयदेखि सम्मान गर्दै महानायक भन्न कुनै आपत्ति छैन । एक शताब्दीमा एक पटक जन्मिने महानायक हुन् राजेश हमाल ।

उनले पुर्याएको अतुलनिय योगदानको कदर गर्दै जनताले त उनलाई महानायकको उपाधि दिए नै अब राज्यले पनि राजेश हमाललाई तोकेरै महानायक भन्न कन्जुस्याई गर्न हुँदैन । राजेशजस्ता कलाकार देशले पाउनु प्रतिष्ठा र गौरवको विषय हो । त्यसैले एक युगमा जन्मिने यस्ता महानायाकहरुलाई विबादमा पार्न भन्दा सम्मान गर्न तिर लागौँ ।

From The Web

Related Articles

Back to top button
Close