Video

श्रीमतीलाई धेरै माया गर्थ्यो, पिडा सहन नसकेर आफैलाइ कंचटमा गोलि हान्यो !

मोरङ । सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबलदार ओम प्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेको घटनामा परिवारले न्यायको अपिल गरेका छ्न । बुवा काशिनाथ खतिवडाले सत्य तथ्य छानबिन भई पीडितले न्याय पाउनु पर्ने बताउनु भयो ।

१६ असारमा न्यायाधीश शंकर बहादुर राईका बडीगार्ड रहेका मोरङ उर्लाबारी ९ दुर्गापुरीका खतिवडाको घटनामा उनका भाइले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटना भएको तेस्रो दिनमा दुरुत्साहनको जाहेरी दिएका थिए ।जाहेरीपछि खतिवडाकी श्रीमती दीक्षा खतिवडा र उर्लाबारी ९ कै विशाल तामाङलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । श्रीमती दीक्षालाई भने १३ दिनको काम पश्चात् पक्राउ गरिएको हो ।खतिवडाले १६ असारमा अदालत परिसरको छतमा आफैले बोक्ने पेस्तोलबाट कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका थिए । प्रहरी उपरीक्षक थापाका अनुसार पक्राउ गरिएकी दीक्षा र तामाङ बिच ‘अवैध‘ सम्बन्धका कारण घटना हुन पुगेको बताए ।

थापा भन्छन् : ‘श्रीमतीको सम्बन्ध तामाङसँग रहेको मृतक जानकार थिए, उनले धेरै पटक सम्झाएको अवस्था छ । तर श्रीमान् को कुरा अवज्ञा गदै दीक्षा खुलेआम तामाङसँग हिँड्न थालेपछि उनी अत्यन्त डिप्रेसनमा पुगेका थिए ।’घटना भएको दिन मृतक खतिवडाले श्रीमती दीक्षा र तामाङलाई फोन गरी आफैलाई गोली हानेका थिए । श्रीमतीको अवैध सम्बन्धकै कारण उनले तनावमा गोली हानेको समेत अनुसन्धानले देखाएको छ ।प्रहरी स्रोतका अनुसार उनको श्रीमतीसँग विवाद हुँदै आएको थियो । फोन राखे लगतै उनले आफैलाई गोली फायर गरेका थिए ।उनले बडीगार्ड बस्ने क्वाटरदेखिको माथिल्लो छतमा गएर पेस्तोलले दाहिने कञ्चटमा गोली फायर गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएपनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराएपछि मृत घोषणा गरिएको थियो ।

Related Articles

Back to top button
Close