News

भारतियले उखलेर फ्याकेको ठोरीको सीता गुफा नजिकको सीमास्तम्भ भारतीय सुरक्षाकर्मीकै सहयोगमा पुनं गाडियो

पर्सा -पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडको नेपाल भारत सीमास्तम्भ पुनःगाडिएको छ । हिजो भारतियले उखलेर फ्याकेको सीमास्तम्भ पुनःगाडिएको हो । उखेलिएको सीमास्तम्भ सशस्त्र प्रहरी, नेपाल प्रहरी र ठोरी गाँउपालिकाका जनप्रतिनिधीले भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे पुरानै स्थानमा गाडिएको हो ।

नेपाल र भारत सीमा छुटयाउन गाडिएको पूरानो ३५ नम्बर र हाल अध्यावधिक गरिएको ४३६ नम्बरको पिल्लर शनिबार अपरान्ह उखेलेर भारत तर्फ फालिएपछि यस विषयले चर्चा पाएको थियो ।

रामको जन्मभूमि ठोरीको आसपासमै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि ठोरी एकाएक चर्चामा आएको छ ।सीता गुफामा शनिबार दिउँसो ठोरीका जनप्रतिनिधी र स्थानीयले कलश यात्रा निकालेर धुमधामसँग पूजा गरेका थिए ।

Related Articles

Back to top button
Close