News

अमेरिकामा १७ लाख ७४ हजार ६८ जनाले कोरोनालाई जितेर फर्किए घर

काठमाडौं । अमेरिकामा कोरोना कहर घट्ने भन्दा अझै बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ६१ हजारभन्दा बढी संक्रमित भएको वल्डोमिर्टसले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३८ लाख ३१ हजार ८०३ पुगेको हो ।

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार ८६१ पुग्दा पछिल्लो २४ घण्टामा ७९७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । संक्रमितमध्ये अहिलेसम्म १७ लाख ७४ हजार ६८ जना संक्रमणमुक्त भएको वल्डोमिर्टसले जनाएको छ ।

Related Articles

Back to top button
Close