News

आयो अर्को खुशीको खबर: संक्रमित सबै निको भएर घर फर्केपछि कोरोनामुक्त भयो पाँचथर, सवै क्वारेन्टिनहरु खाली

पाँचथर । पाँचथरका सबै कोरोना संक्रमित उपचार पनि निको भएर घर फर्किएका छन् । संक्रमित सबै चार जना निको भएर घर फर्केपछि पाँचथर कोरोनामुक्त भएको हो । हालसम्म फिदिम नगरपालिका, हिलिहाङ, तुम्वेवा र याङवरक गाँउपालिकाका ४ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको थियो ।

उनीहरु सवै कुवेत, कतार र दुवईबाट फर्केका थिए । कोरोना संक्रमित निको भएर घर फर्केपछि जिल्लाका सवै क्वारेन्टिनहरु खाली भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

Related Articles

Back to top button
Close