News

कोरोनाका बारेमा नेपालीका लागि खुसीको खबर, यसकारण नेपालमा अब तीव्र गतिमा फैलन्न कोरोना

काठमाडौं । स्वास्थ्य मन्त्रालय तथा इपिडिमियोलोजी महाशाखाले नेपालमा अब कोरोना तीब्र गतिमा नफैलने निष्कर्ष निकालेको छ । काठकाडौंमा समुदाय स्तरमा कोरोना फैलन नपाएका कारण अब तीब्र गतिमा कोरोना नफैलने महाशाखाले निष्कर्ष निकालेको हो । तर कोरोना भने रहिरहने उल्लेख गरेको छ । काठमाडौंमा लकडाउन खुकुलो भएसंगै कोरोना तिब्र रुपमा फैलन अनुमान गरिएको थियो । तर अहिले त्यस्तो अवस्था छैन । काठमाडौं लगायत मुलुकका सबै स्थानमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

सरकारले गत जेठ २९ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाएको हो । त्यस लगत्तै अन्य जिल्लावाट काठमाडौं भित्रनेको संख्या बढेको छ भने जिल्लामा पनि चलह पहल बढ्न थालेको छ । बजार, संघसंस्था, कार्यालयहरु खुलेका छन् । सडकमा सवारी साधन पनि चलेका छन् ।

लकडाउन खुकुलो भएसंगै कोरोना धेरै देखिने आँकलन गलत सावित भएको छ । जेठ २९ गते नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ थियो। त्यसमध्ये ८६१ जना निको भएका थिए। त्यसपछि झण्डै ४ सयको हाराहारीमा दैनिक वृद्धिदर रहेको नेपालमा असार १९ पछि भने दैनिक संक्रमितको संख्या स्वाट्टै घटेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले अब नेपालमा कोरोना तिब्र रुपमा नफैलने जनाएका छन् । उनले काठमाडौंमा पनि समुदाय स्तरमा कोरोना नभएका कारण नफैलने जनाएका हुन् । काठमाडौंको ढलमा कोरोनाको किटाणु देखिएपछि स्वास्थ्य मन्त्रालयले समुदाय स्तरमा कोरोना परिक्षण गरेको थियो ।

कोरोनाको जोखिममा रहेका ४ हजार जनाको परिक्षण गर्दा ३ जनामा मात्र कोरोना पुष्टि भएको छ । यसले उपत्यकामा समुदायमा कोरोना फैलन नपाएको भन्ने देखाउने उनले बताए । लकडाउन खुकुलो भएको एक महिना बितिसकेको अवस्थामा पनि संक्रमितहरुको संख्या नबढ्नुले अब कोरोना तिब्र रुपमा नफैलने लक्षण भएको उनको भनाई छ ।

यो अर्को समाचार, निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता
कोभिड–१९ देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी कोरोनामुक्त भएर घर फर्किएका छन् ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताए ।

कोरोना देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो । देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ ।

Related Articles

Back to top button
Close