Video

प्रेममा धोका पाएपछि शिशिर भण्डारी पागलखानामा ! प्रताप दासको आवाजमा ‘फोटो फिरिममा’लाई ११ लाखले हेरे (भिडियो हेर्नुस)

शिशिर भण्डारीको शव्द रचना र सँगीत रहेको गीत फोटो फिरिममा जब नव प्रतिभा रचना रिमालले गाईन्, तब यसले चर्चा पायो । गीत टिकटकमा हिट भयो, युटुबमा पनि लाखौंले हेरे । सामान्य भिडियोमा प्रस्तुत भएको गीतलाई नै मन पराएर श्रोताले निरन्तर सुने । शिशिरको शव्द र सँगीतको पनि उत्तिकै तारिफ भयो । त्यसपछि शिशिरले पुरुष आवाजमा फोटो फिरिममा निकाले, जुन भिडियो यतिबेला युटुबमा वर्चस्व जमाउँदै ट्रेण्डिँगको नँ ४ मा छ ।

प्रताप दासको आवाज रहेको गीतलाई यसपाली अडियोमा मात्रै हैन भिडियोमा पनि चौतर्फी तारिफ मिल्यो । धेरैले भिडियो हैन, रोचक फिल्मको दर्जा दिए, भने कतिले अहिलेसम्मकै उत्कृष्ठ म्युजिक भिडियो भने । गीतलाई केहि दिनमै ११ लाखले हेरिसकेका छन् ।सबैले शेयर गरेर यो उत्कृष्ठ भिडियोलाई माथि लैजाऊँ । भिडियोमा शिशिरको अभिनयको चौतर्फी तारिफ भएको छ । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close