News

बलिउडका चर्चित निर्देशक रजत मुखर्जीको निधन

काठमाडौं – बलिउडका चर्चित निर्देशक रजत मुखर्जीको निधन भएको छ । लामो समयदेखी बिरामी रहेका रजतको आज आइतबार निधन भएको भारतिय मिडियामा जनाइएको छ । उनको आइतबार जयपुरमा निधन भएको बारे निर्माता हंसल मेहताले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रिय साथीको निधन भएकोमा दुख लागेको बताएका छन् । उनले ‘प्यार तूने क्या किया’ र ‘रोड’ का निर्देशक रजत मुखर्जी मुम्बईमा सुरुवाती संघर्षका बेला साथि रहेको बताएका छन् । त्यस्तै उनले साथीको सधै याद आउने पनि बताएका छन् ।

Related Articles

Back to top button
Close