News

बिहे गरेको केही वर्षमै चर्चित नायिका उषा पौडेल र नायक सुधांशु जोशी भए अलग

नायिका उषा पौडेल र नायक सुधांशु जोशी अलग भएका छन् । ३ बर्ष अगाडि बिहे गरेको यो जोडीको अन्नतत अलग भएको हो ।यो जोडी ६ महिनादेखि अलग–अलग बस्दै आएको बताइएको छ ।अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । पहिलो बिबाह असफल भएपछि सुधांशु ८ बर्षदेखि एक्लो जीवन विताइरहेका थिए उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि यहि विषयले उनीहरुलाई सम्बन्ध बिच्छेद सम्म ल्याएको बताइएको छ ।

आज नायिका उषा पौडेलको जन्मदिन भएपनि उनले शुभकामना दिएका छैनन् ।भारतमा सिररियलमा काम गदाए गर्दै अमेरिका हानिएकी उषा अमेरिका पुगेपछि सुधांशुविच प्रेममा रहेकी थिइन्। त्यसपछि प्रेममा रहेको केही समयपछि उनीहरुले बिहे गरेका थिए ।

Related Articles

Back to top button
Close