News

मोटरसाइकल चोरी गर्ने र सवारी साधनका नक्कली कागजात बनाउने समूह पक्राउ

दाङ, ४ साउन । मोटरसाइकल चोरीको आरोपमा दाङमा १४ जना प्रक्राउ परेका छन् । विभिन्न स्थान र मितिमा मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज आईतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगगरपालिका वडा नम्वर १४ का २३ बर्षिय समिर सुनार, २१ बर्षिय सुवास सार्की, वडा नम्वर १६ बस्ने २१ बर्षिय सागर हमाल, वडा नम्वर १४ का ३५ बर्षिय केन्द्रबहादुर डाँगी, लमही नगरपालिका वडा नम्वर ७ का २५ बर्षिय प्रकाश चौधरी, राजपुर गाँउपालिका वडा नम्वर २ बेलाका २२ बर्षिय आयोज चौधरी रहेका छन् ।

त्यस्तै, राजपुर गाँउपालिका वडा नम्वर २ का २२ बर्षिय प्रियतम चौधरी, लमही नगरपालिका वडा नम्वर ७ का २५ बर्षिय पाल्टुराम चौधरी, राजपुर २ का २७ बर्षिय रविप्रताप यादव, सोही ठाँउका २७ बर्षिय राजकुमार यादव, घोराही १७ का २३ बर्षिय निरज योगी, घोराही १३ का १८ बर्षिय सञ्जय परियार, लमही ७ का २४ बर्षिय धनिराम चौधरी र लमही ७ का २७ बर्षिय हेमन्त गिरीलाई पनि जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

नक्कली ब्लु-बुक बनाउने समूह पनि पक्राउ

यातायात व्यवस्था कार्यालयका कर्मचारीको मिलेमतोमा नक्कली ब्लु-बुक बनाउने समूहलाई समेत पक्राउ गरेको छ । प्रहरीले आज आईतबार गरेको पत्रकार सम्मेलनमा यातायाता व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर ४ बस्ने ४८ वर्षीय कृष्णप्रसाद खनाल र तुलसीपुर ६ का २१ बर्षिय अब्दुल हफिस सिद्धिकी, वडा नम्वर ५ का चक्रबहादुर वली, वडा नम्वर ६ का ३७ बर्षिय जीवन पोख्रेल र सोही ठाँउ बस्ने ३२ बर्षिय विष्णु घिमिरेलाई सार्वजनिक गरेको हो ।

सरकारी छाप समेत कीर्ते बनाई नक्कली ब्लु-बुक बनाइरहेको सूचनाको आधारमा ती ४ जनालाई लु ४६ प ३५४१ नम्वरको सवारी दर्ता किताब, प्रदेश सरकार प्रदेश-५ काे भौतिक पुर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप १ थान, शाखा अधिकृतको छाप १ थान, विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, पुराना ब्लु-बुक, निरोगिताको दस्तखत र छाप हानेका कागजसहित उनीहरूलाइ पक्राउ गरिएकाे हाे ।

पक्राउ परेका उनीहरू विरूद्ध सरकारी छाप दस्तखत कीर्ते मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।

यस्तै गत जेठ २६ गते दिँउसो साँढे १२ बजेतिर गढवा गाँउपालिका वडा नम्वर १ जेठानगाँउ स्थित राप्ती नदीको बगरमा बज्रगुरु कस्न्ट्रक्सनले पार्किङ गरेका २ वटा स्काभेटरसहित ६ वटा सवारी साधनमा आगजनी गर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ बिजौरी बस्ने ४० बर्षिय नेकपा विप्लव समूहका जिल्ला सदस्य मदन केसीलाई पनि प्क्राउ गरिएको छ । केसीमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close