News

मेलम्ची सुरूङको ढोकामा नटबोल्ट राम्ररी नकस्सिएकाले दु’र्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्र रहेको ढोका नम्बर १७ एक्कासी खुलेर कसरी पानी बाहिर निस्कियो भन्नेबारे अध्ययन गरिरहेको प्राविधिक समितिले नटबोल्ट कसाइमै समस्या देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।आयोजनाको अम्बाथानस्थित सुरूङभित्र ढोका नम्बर १७ बाट एक्कासी पानी बाहिर आउँदा निरीक्षण गर्न पुगेका आयोजनाका इन्जिनियरसहित चार जनालाई पानीले बगाएको थियो।

घटनामा परेका इन्जिनियर सतिस गोइतको शव फेला परिसकेको छ भने आयोजनाका चालक राधाकृष्ण थापा अझै बे’पत्ता छन्। सुरूङभित्र रहेको हाइलक्स गाडी पनि ढोका नम्बर १७ बाट निस्केको पानीले बगाएर मेलम्ची खोलामा पुर्‍याइदिएको थियो।पानीमा बगेर घा’इते भएका आयोजनाका अर्का इन्जिनियर शेखर खनाल र प्राविधिक पेमा दोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो।

घ’टनालगत्तै खानेपानी मन्त्रालयले सत्यतथ्य बुझ्न सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ सदस्यीय प्राविधिक टिम गठनगरी घटनास्थल पठाएको थियो। गत बुधबार आयोजनास्थल सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकास्थित अम्बाथान सुरूङ पुगेको प्राविधिक टिमले १७ नम्बर ढोकाको नटबोल्ट राम्रोसँग नकस्सिँदा त्यहाँबाट पानी बाहिर निस्केको प्रारम्भिक निष्कर्ष निकालेको हो।

घटनास्थल पुगेर अध्ययन गरिरहेका प्राविधिक टिमका संयोजकसमेत रहेका सहसचिव दवाडीले सेतोपाटीसँगको कुराकानीमा नटबोल्टमा समस्या देखिएको बताएका छन। ‘१७ नम्बर गेटको ढोकामा समस्या देखिएन। पहिलेजस्तै छ,’ उनले भने ‘ढोकाको नट बल्टु राम्रोसँग नकस्सिँदा पानी बाहिर निस्केको हुनुपर्छ।’ यद्यपी अध्ययन नसकिएको उनले बताए।

‘अझै अध्ययन गरेर हामी तीन/चार दिनपछि मन्त्रालयलाई विस्तृत प्रतिवेदन दिन्छौं,’ उनले भने, ‘नटबोल्ट जति कस्सिनु पर्ने हो त्यति कसिलो भएन। खुकुलो हुँदा ढोकाबाट पानी आएको हुन सक्ने हाम्रो बुझाइ छ।’ उनका अनुसार प्राविधिक टोलीले ढोका नम्बर १७ पुगेर त्यहाँको अवस्थाबारे बुझेको हो। पानीको चापले गर्दा गेटको नटबोल्ट खुकुलो भएको र त्यहाँबाट पानी बाहिर निस्कँदा घटना घटेको हुनसक्ने अनुमान छ।

Related Articles

Back to top button
Close