Video

वडाध्यक्ष र प्रहरीको नाममा यस्तो स्टाटस लेखेर क्वारेन्टिनमा बसेका २३ वर्षका युवकले गरे देह त्याग (भिडियो हेर्नुस्)

काठमाडौं । सरकारले कोरोनालाई समुदायमा फैलन नदिन बाहिरवाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने गरेको छ । सबै जिल्लामा स्थानिय तहले क्वारेन्टिन बनाएर बाहिरवाट आएकालाई क्वारेन्टिनमा राख्ने गरेको छ । तर क्वारेन्टिनमा राम्रो ब्यवस्था नभएको भन्दै विरोध भएको छ । लमजुङ्गमामा एक युवकले क्वारेन्टिनमा देह त्याग गरेका छन् । क्वारेन्टिनमा बसेका युवा युवराज घर्तीले देह त्याग गरेका हुन् । उनले त्यस्तो निर्णय गर्नु अघि सामाजिक सञ्जाल फेसवुकमा एउटा स्टाटस समेत लेखेका छन् । उनले फेसवुकमा अरुले लेखेको स्टाटसमा कमेन्ट लेखेर देह त्याग गरेका हुन् । असार १ देखि क्वारेन्टिनमा बस्दै आएका थिए । उनी क्वारेन्टिनमा एक्लै बस्दै आएका थिए ।

क्वारेन्टिनमा बस्नु भन्दा अघि वुटवलमा आफ्नो दिदीको घरमा पनि होम क्वारेन्टिनमा बसेका थिए । उनी प्राइभेट गाडीमा उनी पोखरा पुगे । उनी पोखरा स्थित आफ्नो दाइको घरमा केही दिन बसेर उनी गाउँ गएका थिए । त्यहाँ पुगे पछि उनलाई वडाध्यक्षले क्वारेन्टिनमा बस्न पठाएका थिए । युवराजका दाईले क्वारेन्टिन नै क्वारेन्टिन जस्तो नभएको आफुले देखेको बताए । उनले युवराजलाई राखेको क्वारेन्टिनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नभएको बताए ।

युवकलाई लामो समय देखि एक्लै क्वारेन्टिनमा राखिएको र आफुलाई हेर्न पनि कोही नआएको भन्दै युवराजले आफ्ना साथीलाई फोन गरेर भनेका थिए । क्वारेन्टिनमा आफै पकाएर खानुपर्ने , स्वास्थ्य जाँच पनि नगर्ने र कोही हेर्न पनि नआउने भएपछि उनी आ त्ति एर अब म यहाँ बस्न सक्दिन अब गाउँ आउँछु भनेर भनेको आफुले सुनेको बताएका छन् । उनले देह त्याग गर्नु अघि पनि वडाध्यक्षलाई फोन गरेर आफु त्यहाँ बस्न नसक्ने भनेर जानकारी समेत गराएको वारे आफुले जानकारी पाएको दाईले बताएका छन् ।

क्वारेन्टिन जे ल घर जस्तो भएको र उनी त्यहाँ एक्लै बस्दा आ त्ति एर देह त्यागको निर्णय गरेको भन्दै उनका आफन्त र परिवारले घटनाको छानविनको माग गरेका छन् । २३ वर्षका युवा उनी वुटवलवाट पोखरा हुँदै पहाडी गाउँ पुगेका थिए । दिदीको घरमा होम क्वारेन्टिन समेत बसेका उनलाई फेरी क्वारेन्टिनमा बस्न लगाइयो तर त्यहाँ कुनै सुविधा थिएन । फरक वातावरण र फरक ठाउँवाट गएका उनलाई लापरवाहपूर्ण तरिकाले क्वारेन्टिनमा राखेका कारण देह त्यागको निर्णय गरेको उनको दाईले बताएका छन् । फेसवुकमा युवराजले केही सुरक्षाकर्मी र वडाध्यक्षको नाममा कमेन्ट लेखेका छन् ।

Related Articles

Back to top button
Close