News

राजधानीमा भयो भयानक दुर्घटना, आर्मीको ट्यांकरमा मोटरसाइलक र स्कुटर ठोक्किँदा असईको मृत्यु

काठमाडौं, साउन ४ । शनिबार साँझ राजधानीको महाराजगन्जमा भयानक दुर्घटना भयो । काठमाडौं महानगरपालिका(४ सुकेधारा हिमाल डेन्टल अगाडि तीन सवारी साधन ठोक्किँदा एक प्रहरी सहायक निरीक्षक ९असई०को ज्यान गएको छ।

सुकेधाराबाट चाबाहिलतर्फ आउँदै गरेको प्र ३ ०२ ००३ प ४१५० नम्बरको स्कुटर र सुकेधारातर्फ जाँदै गरेको बा ७४ प २८६१ नम्बरको मोटरसाइकल तथा चाबहिलबाट सुकेधारातर्फ जाँदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हेडक्वाटर भद्रकालीको पानी ट्याङकर ठोक्किँदा बा ७४ प २८६१ नम्बरको मोटरसाइकल चलाइरहेका असई प्रेमराज पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि मोटरसाइकलमा सवार असई पौडेल गम्भीर घाइते भएको र तत्कालै ओम अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

महाशाखाका अनुसार स्कुटरका चालक चण्डोल बस्ने सरद सिग्देललाई नियन्त्रणमा लिएको भएता पनि पानी ट्याङकीका चालक पाँचथर घर भई आर्मी हेडक्वार्टरमा कार्यरत ३५ वर्षीय धवेन्द्र खत्रीलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको स्रोतले जनाएको छ ।

Related Articles

Back to top button
Close