News

आज मात्र दुबई, कतार लगायतका मुलुकमा अलपत्र परेका ६ शव स्वदेश ल्याइयो

काठमाडौ, साउन ४ । विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १० अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६६ यात्रु र दुई शव ल्याएको छ । सोही एयरलाइन्सले दोहाबाट १५२ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले आबुधाबीबाट १५३ यात्रु र दुई बच्चा तथा दोहाबाट १५५ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट दुई उडान गरी क्रमशः १७८ र १७६ नेपाली काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स क्लालम्पुर उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट नौ उडान गर्ने विमानस्थलले तालिका बनाएको छ ।
झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका– ५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरीको पोष्टमाथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि शनिबार राति ९ः१५ मिनेट समयमा करिब ४० र ५० जनाको सङ्ख्यामा आएका घरेलु हतियारधारीको एक समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् । घाइते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताइएको छ ।

डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३०० मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगङ्जका प्रहरी निरीक्षक साइमण श्रेष्ठले बताए । झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।

हवाइफायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेका प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ । लामो समयसम्म लकडाउनका कारण सीमाक्षेत्रमा सशस्त्र प्रहरीले कडारूपमा गस्ती तीव्र बनाउँदै आएपछि तस्करीले नेपालतर्फ समान ढुवानी गर्न पाएका छैनन् । यसअघिसमेत झापा गाउँपालिकास्थित सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।

Related Articles

Back to top button
Close