News

प्रमोदले बिरामी पत्निलाई यसरी लगाइदिए मेहेन्दी, प्रमोदले मेहेन्दी लगाइदिँदा दीपा मक्ख

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको घरमा लक्ष्मी भित्रिएको धेरै भएको छैन । छारीको जन्म भएपछि प्रमोदको घरमा खुशीयाली छाएको थियो । तर छोरीलाई जन्म दिए लगत्तै पत्नि दीपा बिरामी परेपछि दौडधुप थपियो ।

असार ३ गते छोरीका बाबु बनेका प्रमोदले पत्निको जन्मदिन र आफ्नो एनिभर्सरी पनि अस्पतालमै मनाए ।

पत्निको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका प्रमोदले साउन महिनामा पत्निलाई मेहेन्दी लगाएका तस्विरहरु सार्वजनिक गरेका छन् । प्रमोदले मेहेन्दी लगाइदिँदा उनकी पत्नि निकै खुशी देखिएकी छिन् । प्रमोदले पत्निसँगै परिवारका सदस्यहरुलाई पनि मेहेन्दी लगाइदिएका छन् । हेर्नुहोस् तस्विर

Related Articles

Back to top button
Close