News

इरानमा कोरोना संक्रमित बढेपछि टर्कीद्धारा इरानका लागि हवाई सेवा रद्द

एजेन्सी, ४ साउन । टर्कीले इरानको लागि हवाई सेवाहरू रद्द गरेको छ । इरानमा कोरोना भाइरसको बढ्दो घटनालाई ध्यानमा राख्दै टर्कीले यो निर्णय गरेको हो।इरानी सरकारी मिडियाका अनुसार इरानी नागरिक उड्डयन विभागका प्रवक्ताले यो पुष्टि गरेका छन्। इरानी न्यूज एजेन्सीका अनुसार प्रवक्ता रजा जाफरजादेहले शनिबारदेखि विमान सेवा स्थगित गरिएको बताए । शनिबार इरानी राष्ट्रपति हसन रूहानीले इरानमा अढाई करोड मानिसलाई संक्रमित हुने सम्भावना व्यक्त गरे। यो इरानको कुल जनसंख्याको एक तिहाइको नजिक छ।

यद्यपि, रोहानीले भविष्यवाणी गरेका सेरोलोजिकल रक्त परीक्षणहरूमा आधारित थियो। यस परीक्षणबाट बिरामी हुने सम्भावना छ, तर वर्तमान अवस्था के हो भनेर ज्ञात भने हुन सकेको छैन ।

Related Articles

Back to top button
Close