News

ऐश्वर्यालाई कोरोना लागेपछि जोन सेनाले शेयर गरे उनको तस्विर, तस्विर भाइरल

काठमाडौ साउन ५ । रेस्लर तथा डब्लूडब्लूई स्टार जोन सेनाले आफ्नो इन्स्टाग्राममा बलिउड अभिनेत्री ऐश्वर्या रायको तस्बिर शेयर गरेका छन् ।सोसल मिडियामा नियमित शेयर गर्ने क्रममा उनले ऐश्वर्याको तस्बिर हालै पोस्ट गरेका हुन् । तर उनले यसबारे केही क्याप्सन लेखेका छैनन् । कोरोनाभाइरसबाट संक्रमित भएकी ऐश्वर्या राय अस्पताल भर्ना भएपछि अचानक जोन सेनाको यस्तो शेयरिङ आएको हो । ऐश्वर्या कोभिड–१९ को उपचारका लागि शनिबार मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना भएकी छन् ।

ऐश्वर्या अस्पताल भनाए भएपछि नै जोन सेनाले उनको तस्बिर पोस्ट गरेका हुन् । विश्वचर्चित रेस्लर जोन सेना बलिउडप्रति झुकाव राख्ने अमेरिकी सेलिब्रिटीको रुपमा चिनिन्छन् । जोन सेनाले यसअघि ऐश्वर्याका श्रीमान तथा बलिउड अभिनेता अभिषेक बच्चन र उनका बाबु अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि गत साता इन्स्टाग्राममा उनीहरुको तस्बिर शेयर गरेका थिए ।

साथै सुशान्त सिंह राजपुत, ऋषि कपुर, इरफान खानको निधनमा पनि जोन सेनाले उनीहरुको तस्बि शेयर गरेका थिए । अन्न्पुर्ण पोष्टमा खबर छ । बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन, उनका छोरा अभिनेता अभिषेक, अभिषेककी श्रीमती तथा अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई गत साता कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । तर अमिताभकी पत्नी जया बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेभिट आएको थियो ।

Related Articles

Back to top button
Close