News
भारतमा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला, एकै दिन ४० हजार बढीमा कोरोना संक्रमणको पुष्टी
काठमाडौं, साउन ५ । भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेका बेला पछिल्लो २४ घण्टामा मात्रै ४० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४० हजार दुई सय ४३ जना नयाँ संक्रमित फेला परेसँगै एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या भएको वल्डओमिटरको तथ्यांकले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणको कारण साढे २७ हजारभन्दा धेरैको मृत्यु हुँदा ११ लाख १८ हजार एक सय सात जनामा संक्रमण पुष्टि भएको छ।
विश्वमा नै सबैभन्दा बढी संक्रमित अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको भारतले नियन्त्रणमा लिन नसक्दा ठूलो समस्या झेल्नु परेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १८ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने चार हजार दुई सय ९६ जनाले ज्यान गुमाएका छन्।