News

साउदीमा कोरोना निको हुने एक लाख ९४ हजार, कहाँ कति उपचार हुँदै(सूचीसहित)

साउदी अरेबियामा शनिबार २ हजार ५६५ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन् । उक्त संख्यामा नयाँ संक्रमित थपिएको यहाँ दैनिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार हालसम्म यहाँ कुल दुई लाख ४८ हजार ४१६ जना कोरोना संक्रमित पुगेका छन् । तीमध्ये ५१ हजार ७५१ जना कोरोना संक्रमितहरु यहाँको अस्पतालहरुमा बिशेष उपचार लिइरहेका प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलन बताए । ‘ दुई हजार १८८ जना कोरोना संक्रमितको गम्भीर अवस्था उपचार लिइरहेको छ ,’ उनले भने ।

त्यसैगरी आज साउदी अरेबियामा ३ हजार ५७ जना कोरोना उपचारपछि घर फर्किएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म एक लाख ९४ हजार २१८ जना कोरोना भाइरस (कोभिड-१९)उपचारपछि घर फर्किसकेका छन् ।

यहा कोरोना उपचार गरिरहेका ४० जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार कोरोनाबाट यहाँ हालसम्म कुल २ हजार ४४७ जनाले ज्यान गुमाएका छन् ।

यहाँ कोरोना निको हुनेको संख्या मंगलबारदेखि बढ्नेक्रम जारी छन् । आजको अपडेटअनुसार नयाँ संक्रमितभन्दा ४९२ जना निको हुनेको संख्या बढी रहेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले पत्रकार सम्मेलनमा आग्रह गरे ।

त्यसैगरी शुक्रबारसम्म साउदीको रियादमा सबैभन्दा धेरै ९ हजार जना संक्रमितको उपचार गराइरहेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए ।

त्यसैगरी दमाम ४ हजार ०२३, जेद्दा ४ हजार ९७१, हफुफमा ३ हजार ८२१, मक्का २ हजार ५५२, अल कातिफ १ हजार ६८३, तैफ १ हजार ७३८, अल मुबाराज २ हजार २७३, मदिना १ हजार ७७८, अल खोबार १ हजार ३२०, आभा १ हजार १२४, हाफर अल बातिन १ हजार ०९५, हाइल ९७७, नजरान ९४८, जुवेल ७४५, खमिस मुसायत ७३६, दहराइन ७०९, बुरैद ४६८, अल खर्च ४५०, यान्बु ४४८, सफ्वा ४२७ जनालो उपचार भइरहेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए ।

उनकाअनुसार जिजान ३४८, ताबुक ३४०, उनैजा २२४, बिशाह २९२, वादी अड दावसीर ३३५, बुकया ३१२, शरुरा २५५, अरार २१७, रास्ता नुरा २३४, अल जफर २१२, सकाका २३१, अहद रिफयदा २०२, अबु अरिश १६९ सबत अल अलायाह २४३ महयिल १९६, अड दिरियाह १८१,सबया १७६, अनुअरियाह १६८, बयश १५८, अल उयुन १५२, समताह १३७, अस सुलायिल १३५, खुलायस १३३, सरत अबिदाह १२८, हवतात बनी तमिम १२५, अल लिथा १२३, अल मुजाहिमयाह १०७, अल लदाबी १०५, रिजाल अल्मा १०५, अल हारजह १०३ जना कोरोना संक्रमित उपचार लिइरहेका छन् । त्यसैगरी यहाँको अन्य शहरहरुमा कोरोना निको हुनेको संख्या सयभन्दा तलको रहेको प्रवक्ता अब्दुलीले बताए ।

Related Articles

Back to top button
Close