News

रणविर कपुरको डुप्लिकेट जुनइदको २८ वर्षको उमेरमा निधन, केहि महिना अगाडी मृत्यु भएका रणवीर कपुरका बुवा ऋषि कपुरले पनि फोटो शेयर गर्दै यसो भनेका थिए !

काठमाडौं । माथिको तस्बिर हेरेर तपाईले अन्दाज लगाउन सक्नुहुन्छ ? कुन वास्तविक रणविर कपुर हुन् भनेर । तर कुनै बेला रणविर कपुरका बुवा ऋषी कपुर पनि यो तस्बिर देखेर झुक्किएका थिए । उनले आफ्नो ब्यक्तिगत सामाजिक सञ्जालमा यो तस्बिर सार्वजनिक गर्दै भनेका थिए म पनि झुक्किए । तर उनै कलाकार जुनैद शाहको निधन भएको छ । उनको २८ वर्षको उमेरमा निधन भएको छ । जुुनैद पनि कलाकारीतामा अगाडी बढ्दै थिए । उनले मोडलिगं लगायतका काम गरेका छन् भने अभिनयको कक्षा पनि लिएका थिए ।

जुनैदका छिमेकीले उनको तस्बिर सार्वजनिक गर्दै निधन भएको पुष्टि गरेका हुन् । उनी रणविर जस्तै देखिने भएकाले पनि चर्चित थिए । जुनैद कश्मिरमा बस्दै आएका थिए । उनका कश्मिर स्थित छिमेकीले निधनवारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनी रणविरको जस्तै अनुहार भएका कारण चर्चित पनि थिए र सामाजिक सञ्जालमा निकै सकृय हुन्थे ।

सामाजिक सञ्जालमा विभिन्न किशिमका तस्बिर सार्वजनिक गर्ने उनका फलोअर्स पनि रणविर जत्ती नै थिए । उनले सार्वजनिक गरेका हरेक तस्बिर हेर्दा रणविर जस्तै देखिन्छन् । उनको हृ’दयघा’तका कारण निधन भएको बताइएको छ ।

तर उनलाई मुटु सम्बन्धि कुनै समस्या भने नभएको छिमेकीले उल्लेख गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कश्मिरमा बस्ने उनी केही दिन अघि आफ्नो आमाबुवाको साथमा मुंवईवाट कश्मिर फर्किएका थिए । जुनैद पनि आफ्नो क्षेत्रका चर्चित कलाकार रहेको र अनुपम खेरको मोडलिगं स्कूलमा भर्ना लिएका थिए । जुनैद र रणबीरलाई देखेर एक पटक रणबीरका बुवा ऋष कपुर पनि झुक्किएका थिए । ऋषीले आफ्नो ट्वीटर ह्याण्डलमा जुनैदको क्लोजअप तस्बिर सार्वजनिक गर्दै त्यसवारे बताएका थिए ।

ऋषि कपूरले शेयर गरेको तस्विरवाट पनि वास्तविक रणबीर कुन हुन् भन्ने छुट्याउन सकिदैन थियो । उनले आफ्नो छोरा र जुनैदको तस्बिर एकै पटक शेयर गर्दै लेखेका थिए । ओ माइ गड मेरो छोरा रणबीरको अनुहार भएका अर्का पनि छन् । म तपाइहरुलाई भन्न चाहन्छु की म आफै असली र नक्कली रणबीर कुन हो भन्ने चिन्न सकेको छैन । यो कमालको डबल छ ।

Related Articles

Back to top button
Close