News

नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भए

नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मिल्न नसकेको वुझिएको छ ।

आज नायिका उषा पौडेलको जन्मदिन हो । तर, सुधांशुले उनलाई जन्मदिनको शुभकामना दिएका छैनन् ।नायिका उषा पौडेलको जन्मदिनमा उनका साथीहरुले सरप्राइज दिदै मध्यरातमा नै केक काटेका छन् । उषाले सरप्राइज केक भन्दै साथीहरुलाई धन्यवाद दिएको भिडियो र फोटो सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

Related Articles

Back to top button
Close