News

सप्तरीमा मृत्यु भएका ७२ वर्षे वृद्वको पसलमा काम गर्ने कर्मचारीमा पनि देखियो कोरोना

सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।मृत्युपछि वृद्वको परिवारका सबै सदस्यमा कोरोना देखिएपछि उनको पसरमा काम गर्ने१९ जना कर्मचारीको पनि परिक्षण गरिएको थियो ।

परिक्षण पछि राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुष पनि संक्रमित देखिएका हुन् । उनीहरुको आज बिहान रिर्पोट पोजेटिभ आएको हो । वृद्धको परिवार दुई साताअघि भारतबाट घर आएको थियो ।

Related Articles

Back to top button
Close