News

छोरीलाई प्रधानमन्त्री ओलीले पढाइदिएपछि खुसी भए ढुंगा काट्ने दाइ­भाउजु

काठमाडौ, साउन ५ । नवलपुर जिल्लाको दुम्कीबासका राजु कुशवाडीया लामो समयदेखि मुलुकको केन्द्रिय राजधानी काठमाण्डौमा बस्दै आएका छन् । उनको समुदायको पुस्तेनी पेसा भनेको खोलाको ढुंगा काटेर भान्छामा प्रयोग गरिने सिलौटो बनाउने हो । पुस्ताले गरेको ढुंगा काट्ने काम राजुको परिवारले पनि काठमाण्डौमा गर्दै आएको छ ।

कुशवाडीया राज्यले सुचिकृत गरेको अल्पसख्यक तथा अति सिमान्तकृत समुदायमा पर्दछ । यो समुदायलाई राज्यले मासिक तीन हजार रुपैयाँ भत्ता दिँदै आएको छ । पाँच बर्ष मुनिका बालबालिकाको हकमा भने राज्यले अहिले मासिक ४ सय रुपैयाँ दिँदै आएको राजु बताउछन् । राजु कुशवाडीया उत्थान संघको केन्द्रिय अध्यक्ष पनि हुन् ।

राज्यले कुशवाडीया समुदायका बिद्यार्थीलाइ निशुल्क शिक्षाको समेत व्यवस्था गरिदिएको उनले बताएका छन् । राज्यले निशुल्क पढाउने भने पनि पढ्न पर्छ भन्ने चेतनाको कमीका कारण यस मुदायका बालबालिका बिद्यालय जाने गरेका भने छैनन् । उनीहरु सानै देखि ढुंगा काट्ने गरेका छन् । ढुंगाबाट बन्ने सिलौटो, ओखली लगायतका सामाग्री बेचेरै यो समुदायको रोजीरोटी चल्ने गरेको छ ।

राजुको तीन छोरी र एक छोरा छन् । चार मध्ये एक छोरा र जेठी छोरीको विवाह भइसकेको छ । माइली छोरीलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा काठमाण्डौमा पढाइरहेका छन् । ‘आफ्नो समुदायका अन्य बालबालिकाहरुलाई पनि पढ्न पर्छ भन्दै हिंडेको छु’ उनले भने, ‘मेरी माईली छोरीलाई भने अहिले सरकारले पवढाइदेको छ ।’

Related Articles

Back to top button
Close