News

चीनमा ६ महिनापछि खुले सिनेमा घर, चलचित्र क्षेत्रले ३० विलियन युआन गुमायो

एजेन्सी, ५ साउन । कोरोना भाइरस महामारीको कारण करिव ६ महिनादेखि बन्द रहेका चीनका सिनेमाघरहरु खुल्न थालेका छन् । सोमबार शंघाईदेखि चांगडू शहरका थुप्रै थिएटरहरू फेरि खोलिएका छन्।चीन विश्वको दोस्रो ठूलो सिनेमा बजार हो । कोभिड १९ को महामारीको कारण यस क्षेत्रमा धेरै हानी पुगेको छ। चिनियाँ प्रशासनले गत साता प्रष्ट पारेको थियो ‘अहिले संक्रमित जोखिम कम भएका क्षेत्रहरुमा सिनेमा हल खुल्ने बारेमा छिट्टै निर्णय लिने छ। ’मार्चदेखि चीनमा कोभिडको नयाँ घटनाहरूको दर लगातार घट्दै गएको छ । अब चीनका अधिकांश क्षेत्रहरूलाई कोरोनाको कम जोखिम क्षेत्र घोषित गरिएको छ। यसको बाबजुद पनि केही शहरहरूले हाल थिएटरहरू बन्द राख्न निर्णय गरेको छ । चिनियाँ सरकारले प्रान्तहरूको सिनेमाघरहरु खोल्न चाहन्छन् कि चाहदैनन् भन्ने निर्णय गर्न स्थानीय प्रशासनलाई दिएको छ ।

बेइजिङ शहरमा सिनेमाघरहरु अझै खोलिएको छैन। जुनको अन्त्यमा बेइजिङमा केही नयाँ घटनाहरू रिपोर्ट गरिएको थियो जसको कारण त्यहाँ सिनेमाघरहरु नखोलिएको हो । चीनको सबैभन्दा ठूलो सिनेमाटोग्राफी कम्पनी वान्डा फिल्मले समाचार एजेन्सी रोयटर्सलाई भनेको छ, उनीहरूले हाल ६ सय सिनेमाघरहरु मध्ये ४३ मात्र खुलेका छन्। यी मध्ये १० सिनेमाघर शंघाईमा छन् ।

सन् २०१९ मा चीनले सिनेमाघरमा भएको टिकट बिक्रीबाट ६४ बिलियन चिनियाँ युआन कमाएको थियो। चीनको राष्ट्रिय फिल्म प्रशासनले २०१९ को तुलनामा चलचित्र टिकटको बिक्रीबाट हुने कमाईमा करिब ३० बिलियन चिनियाँ युआन गुमाउने अनुमान गरेको छ। बक्स अफिसबाट हुने आम्दानीको आधा रहनेछ

Related Articles

Back to top button
Close