News

बाग्मती नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरुमा पस्यो बाढी, निरन्त्रको वर्षाले खतरा अझै टरेन

काठमाडौं । आइतबारदेखि सुरु भएको भारी वर्षाले सोमबार काठमाडौं उपत्यकामा पनि क्षति पुर्‍याएको छ । वाग्मती लगायतका उपत्यकाका नदीहरुमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु डुवानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिँदै भनेको छ, साउन ४ देखि ९ गतेसम्म देशैभरि भारी वर्षा हुन्छ । सोमबारसम्म आइपुग्दा विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याइसकेको छ । नदीहरुको सतह बढेका कारण जोखिम उच्च हुँदै गइरहेको छ ।

पहाड र तराई क्षेत्रको तुलनात्मकरुपमा सुरक्षित मानिने काठमाडौं उपत्यका पनि बाढीबाट अछुतो रहेन । अविरल वषरका कारण उपत्यकाका विभिन्न स्थान जलमग्न भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा केही घरपरिवार प्रभावित भएका छन् । केहीलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सोमबार बाग्मती नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ । भान्छाघर र ओछ्यानसमेत जलमग्न बनेपछि मानिसहरु बिचल्लीमा परेका छन् । हेर्नुहोस भिडियोमा

Related Articles

Back to top button
Close