News

धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङ, ६ साउन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिंदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

मृतक तीनै जनाको शव स्थानीयवासी र प्रहरीले पहिरोबाट बाहिर निकालेका छन्। पहिरोमा परेर थप पाँच घर संकटमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परी काठमाडौँसमेत एक जनाकाे मृत्यु भएकाे छ । लगातार वर्षाका कारण दर्जनौँ सडक अवरुद्ध भएका छ

Related Articles

Back to top button
Close