News

कोरोनाबाट बच्न शाहरुख खानले अपनाए सबैलाई चकित बनाउने यस्तो जुक्ति

काठमाडौं । भारतमा अहिले कोरोना निकै तिब्र रुपमा फैलिरहेको छ । भारतमा कतिपय बलिउडका कलाकारलाई पनि कोरोना पुष्टि भएको छ । बलिउडका हस्ती अमिताभ बच्चनलाई पनि कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । त्यसको अलावा छोरा अभिषेक, बुहारी ऐश्वर्या नातिनी आराध्य बच्चनलाई पनि कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । अमिताभ र अनपम खेरको परिवारलाई कोरोनाले छोएपछि बलिउडका अन्य कलाकारले सावधानी अपनाएका छन् ।

बलिउडका अर्का हस्ती शाहरुख खानले आफ्नो निकै ठूलो विल्डिगंलाई पुरै प्लाष्टिकले कभर गरेका छन् । प्लाष्टिकले ढाकेको अवस्थामा उनको भवन देखिन्छ । फिल्मको काम अहिले नभएका कारण उनी परिवारका साथमा घरमै रमाइलो दिन बिताइरहेका छन् । उनले आफ्ना बच्चाका साथमा समय विताएको तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । शाहरुखले आफ्नो ६ तलाको भवन कोरोना संक्रमितको लागि क्वारेन्टिन र उपचारका लागि छोडिदिएका छन् । उनले सावधानी अपनाउँदै आफु बसेको भवनलाई भने पुरै प्लाष्टिकले कभर गरेका छन् ।

यस्तो पनि अनुमान लगाइएको छ की शाहरुखले आफ्नो घरको रंग नजाओस भनेर सेतो रंगको प्लाष्टिक लगाएर छोपेका हुन् । विश्वस्वास्थ्य संगठनले हावावाट पनि कोरोना सर्न सक्ने बताएपछि उनले आफ्नो र परिवारको सुरक्षाका लागि यस्तो गरेको हुनसक्ने अनुमान पनि गरिएको छ । किनकी मुम्बईमा अहिले कोरोना तिब्र रुपले फैलिरहेको छ । बलिउड अभिनेता शाहरुखको सन् २०१८ यता कुनै फिल्म आएके छैन । उनी अहिले परिवारकै साथमा रमाइरहेका छन् । अब भने उनी फेरी फिल्ममा फर्कन चाहेका छन् । त्यसका लागि उनले राजकुमार हिरानीसंग मिलेर काम सुरु गर्ने भएका छन् । यसको शूटिंग शुरू हुन भने बाँकी नै छ ।

शाहरुखको भवनको यस्ता तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । धेरैले उनको यो जुक्तिको प्रशंसा गरेका छन् । उनले आफ्नो भवनको तस्बिर सार्वजनिक आफै गरेका हुन् । तर के कारणले यस्तो गरेको हो भन्ने कुरा भने खुलाएका छैनन् । तर जे होस् बलिउड कलाकार शाहरुख आफ्नो र परिवारको स्वास्थ्यलाई लिएर कति चिन्तित र सजग छन् भन्ने कुरा यो तस्बिरले देखाउँछ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई यस्तो प्रतिकृया सहितको टिप्पणी गरेका छन् ।

Related Articles

Back to top button
Close