News

ह्वात्तै बढ्यो सुनको मुल्य, तोलामा कति पुग्यो

काठमाडौ, साउन ६ । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो । त्यस्तै आज तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । त्यसतैगरी चाँदी तोलामा १ हजार ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close