News

ब्राजीलमा ८० हजारभन्दा धेरैले गुमाए कोरोना भाइरसको कारण ज्यान

६ साउन, काठमाडौंः विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ब्राजीलमा ८० हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

ब्राजीलको स्वास्थ्य मन्त्रालयले बताए अनुसार ब्राजीलमा कोरोना भँइरसको संक्रमणका कारण ज्यान गुमाएनेहरुको संख्या हालसम्म ८० हजारभन्दा धेरै भएको छ ।

मन्त्रालयले जनाए अनुसार मंगलबार बिहानसम्म ब्राजीलमा कुल ८० हजार १ सय २० जनाले कोरोना भँइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । यीमध्ये पछिल्लो २४ घण्टामा कुल ६ सय ३२ जनाले ज्यान गुमाएका हुन् ।

अर्कातिर, ब्राजीलमा हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या भने २१ लाखभन्दा धेरै रहेको छ ।

Related Articles

Back to top button
Close