News

ब्यवसायी भए तयार, विहिवार देखि सबै यातायात सञ्चालन हुने भएपछि काठमाडौं पुरानै अवस्थामा फर्कने

काठमाडौं । विहिवार देखि काठमाडौंमा सबै यातायातका साधन चल्ने भएको छ । यातायात व्यवसायीले बिहीबारदेखि छोटोदूरीमा सबै सार्वजनिक यातायात चलाउन तयार भए पछि काठमाडौंमा यातायातका साधन चल्ने भएको छ । व्यवसायीले मौद्रिक नीतिले मुख्य माग सम्बोधन गरेकाले गाडी चलाउन तयार भएको बताएका हुन्।

गत शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले व्यवसायीको किस्ता तिर्ने समय थप गरे पछि ब्यवसायीहरु यातायात चलाउन तयार भएका हुन् । यस अघि सरकारले यातायात चलाउन गरेको आग्रह ब्यवसायीले अस्वीकार गर्दै आएका थिए । तर राष्ट्र बैंकको मौद्रिक नीतिले उनीहरुको माग सम्बोधन गरेपछि ब्यवसायी यातायात चलाउन राजी भएका हुन् । अब विहिवारवाट काठमाडौं सामान्य अवस्थामा फर्कने भएको छ ।

लकडाउन खुकुलो भएसंगै ब्यापार ब्यवसाय संचालनमा आएका छन् भने सरकारी कार्यालय पनि खुलेका छन् । यातायात ब्यवसायीका लागि राष्ट्र बैंकले बनाएको कार्यविधिअनुसार ६ महिनादेखि १ वर्षसम्म ऋण तिर्ने समय थप गरिदिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले ७ गतेपछि छोटो दूरीमा सार्वजनिक यातायात चलाउने तयारी गरेको जानकारी दिएका छन् ।

त्यस्तै यातायात व्यवसायीका अन्य माग यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गर्ने सोमबार सहमति समेत गरेका छन्। जसमा व्यवसायीले माग गर्दै आएका यातायात मजदुरको बीमा रकम, कोभिड १९ को कारण मजदुरको मृ त्यु भए राज्यले क्षतिपूर्ति दिनुपर्ने लगायत रहेका छन्।

कोभिड १९ बाट बच्न सुरक्षाका साधन भने व्यवसायी आफैँले मजदुरलाई उपलब्ध गराउने भएका छन् । यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य निर्देशिका पनि सरकारले जारी गरेको छ ।

सरकारले छोटोदूरीमा ५० प्रतिशत यात्रु बोकी ५० प्रतिशत बढी क्षमतामा यात्रु बोक्न सक्ने निर्णय गरेको छ। केही व्यवसायीले यातायात सञ्चालन गरिसकेका छन् भने बाँकी सञ्चालन गर्ने तयारमा रहेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अहिले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने केही समयपछि प्रदेशभित्र र देशभर यातायात सञ्चालन हुने गरी तयारी गरेको छ।

Related Articles

Back to top button
Close