News

उदयपुरमा पहिलो पटक त्रियुगा नमुना माविले संचालनमा ल्यायो अनलाईन कक्षा

उदयपुर, ६ साउन । कोरोना भाईरसको महामारीको कारण देशव्यापी रुपमा शिक्षण संस्था बन्द भैरहेको अबस्थामा उदयपुरका एक सामुदायिक विद्यालयले भने विद्यार्थीलाई घरमै राखेर भर्चुअल प्रविधिबाट अनलाईन कक्षा संचालनमा ल्याएको छ । उदयपुर सदरमुकाम गाईघाट स्थित त्रियुगा नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई घरमै राखेर कक्षा संचालन गरेको हो । शिक्षण संस्था बन्द हुदा विद्यार्थीको शिक्षण सिकाई प्रभावित भएको भन्दै विद्यालयले जुम एप्स प्रयोग गरी विद्यार्थीहरुलाई नियमीत कक्षा संचालन गरेको हो ।

प्रदेश नम्बर १ सरकारको इ एजुकेशन अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट विद्यालयले दुई थान इन्टरयाक्टीव प्यानल, तीन थान स्मार्ट टिभि प्राप्त गरेको थियो । प्रदेश सरकारबाट प्राप्त सामाग्रीको सहयताले शिक्षकहरुले नियमीत रुपमा कक्षा संचालनमा ल्याएका हुन् ।

प्रदेश सरकारबाट प्राप्त प्रविधि मार्फत कक्षा संचालन गर्दा विद्यार्थीहरु पनि आकर्षित भएका छन्, शिक्षकले पनि नयाँ प्रविधिका साथ कक्षा संचालन गर्दा उत्साहित भएको त्रियुगा नमुना माध्यमिक विद्यालयका प्राचार्य सुबास विष्टले जानकारी दिनु भयो ।

Related Articles

Back to top button
Close