News

पहिरोले पुरिएर ३ वर्षिय जुम्ल्याहाको गयो ज्यान, मजदुरी गरेर छोरा छोरी पाल्दै आएका बाबुआमा अचेत

काठमाडौं-काठमाडौँ टोखामा पहिरोले पुरिएर जुम्ल्याहा को मृत्यु भएको छ । मृत्यु हुनेमा रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन राना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोले पुरिएर ज्यान गएको हो ।

मजदुरी गरेर छोराछोरी पाल्दै आएका बाबुआमा छाराछोरीको मृत्यपछि अचेत जस्तै भएका छन् । धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुले ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए ।

Related Articles

Back to top button
Close